तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा शोलार ऊर्जाको सम्भावना व्यापक : विज्ञहरु

 

जनकपुरधाम। वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि प्रदेश नं २ को राजधानी जनकपुरधाममा प्रदेश नंं २ का भौतिक पूर्वाधार विकासमन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र तथा वेलायतको अन्तराष्ट्रिय विकास विभागको आयोजनामा एक दिने ऊर्जा सम्मेलनको आज जनकपुरधाममा आयोजना भएको छ ।

नेपालमा सञ्चालित रहेको नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत सञ्चालित रहेको ऊर्जा सम्मेलनमा वैकल्पिक ऊर्जाको क्षेत्रमा क्रियाशील रहेका संघ, संस्था, कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश नंं २ मा शोलार ऊर्जाको व्यापक सम्भावना रहेको र यसको उत्पादनमा जोड दिनु पर्ने आवश्यकतामा जोड दिईएको छ ।

सहभागि भएका विज्ञहरुले परपर्दो तथा कमलगानीमा उत्पादन गर्न सक्ने शोलार ऊर्जाको उत्पादन गरेर प्रदेशमा कृषि, उद्योग सहितको क्षेत्रको विकास गर्ने व्यापक सम्भावना रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नंं २ सरकारले सोलारवाट २ सय मेघावाट विद्युत उत्पादन गर्ने गरि प्रदेश सरकारले गृहकार्य थालेको बताउदै यस कार्यमा प्रदेशको १ सय ३६ वटै पालिकालाई साथमा लिएर अगाडी बढ्न चाहेको बताउनु भयो ।

उहाले प्रदेश नंं २ जलवाट विद्युत उत्पादन हुने सम्भाना कम रहेको बताउदै भरपर्दो तथा सस्तो ऊर्जा उत्पादनका लागि सोलारको उत्पादनमा जोड दिने गरि सरकारले नीति तथा कार्यक्रम पनि ल्याएर सोही अनुसार मन्त्रालयले कामकाज पनि अगाडी बढाएको बताउनु भयो ।

प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्रालयका निमित्त सचिव कृष्ण कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख एवं नगरपालिका महासंघका उपमहासचिव लालकिशोर साह, गाविस महासंघका केन्द्रीय सदस्य एवं वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत सहितका वक्ताहरुले वैकल्पिक ऊर्जाको प्रयोग गरेर औद्योगिक तथा कृषि क्षेत्रको उत्पादन बढाउने सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button