तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणलाई आतंकित बनाउन विभिन्न ठाउँमा संकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जानेगरी वम विष्फोट भएको घटना पछि थप त्रास सृजना गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर क्षेत्र सहित जिल्लाको विभिन्न ठाउँमा संकास्पद वस्तुहरु फेला पर्ने क्रम जारी रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ९ संकट मोचन मंन्दिर देखि जनकपुर–ढल्केवर सडकमा जोड्ने सडकमा राखिएको वमलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले आज विहान निष्क्रिय बनाएको छ ।

उक्त ठाउँमा फेला परेको शंकास्पद वस्तु वम नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनु भयो ।

यसै गरि जनकपुरधाम उपमहानगरपालिकाकै वडा नंं ९ सरस्वति माध्यमिक विद्यालय पुग्ने सडकमा प्रेसरकुकर जस्तो देखिने संकास्पद वस्तु पनि नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । उक्त ठाउँको वस्तु पनि वम नभएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो ।

सर्वसाधारणलाई त्रसित बनाउने मनसायले कसैले सो कामकाज गरेको हुन सक्ने प्रहरीले जनाउदै आफूहरुले त्यस्ताको खोजी गर्ने कामकाज गरिरहेको पनि बताउनु भयो ।

यसै गरि धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नंं –५ पर्वतामा रहेको उच्च माध्यमिक विद्यालयमा समेत शंकास्पद वस्तु फेला परेको छ ।

उक्त विद्यालयको लेखा शाखाको झयालमा सेता प्लास्टिकमा राखिएको वस्तु वम हुन सक्ने आशंकमा प्रहरीले विद्यालय खाली गराएको छ । शंकास्पद वस्तु देखेपछि विद्यालय खाली गराएको र नेपाली सेनालाई निष्क्रिय बनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button