तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौँ-चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उहाँको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँ चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुनुहुुन्थ्यो । उहाँका श्रीमती र एक छोरा रहेका छन् । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button