तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ ।

निगमले यसअघि गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ ।

यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो ।

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको हा । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ ।

त्यसैगरी लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो ।

सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले जनाएको छ ।

भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button