तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लबको ९–० को फराकिलो जित

काठमाडौं । दुवै फरवार्डले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी क्लबले सातौं प्रधानसेनापति महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं १ माथि ९–० को फराकिलो जित दर्ता गरेको छ ।

आर्मीको जितमा रश्मीकुमारी घिसिङ र शर्मिला थापामगरले ह्याट्रिक गर्नुका साथै विमला चौधरीले २ तथा सपना लामाले १ गोल गरिन् ।

वर्षेनी हुँदै आएको प्रधानसेनापति कपमा यसपटक २ विदेशीसहित कुल ८ टोलीको सहभागिता रहेको छ । आर्मीले समूह ए मा विजयी सुरुवात गर्दै ३ अंक जोडेको छ । यसै समूहमा आर्मी र सिक्किम पनि रहेका छन् । अर्को समूहमा नेपाल पुलिस क्लब, भुटान, प्रदेश २ र प्रदेश ५ रहेका छन् । शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

आजै भएको सहिद स्मारक ’ए’ डिभिजन लिगको तयारीमा रहेको मनाङ मर्स्याङ्दी क्लब मैत्रीपूर्ण खेलमा जापानको जेएफएल यू–२३ टिमसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङ जेएफएलसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

जापान फुटबल लिगका खेलाडी सम्मिलित जेएफएलको जितमा जिन सिओयाले दुई र मासाहिको सुगिताले एक गोल गरे ।

कमल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको मनाङविरुद्ध एकतर्फी खेल पस्किएको जापानी टोलीले पाएको थप मौका सदुपयोग गर्न नसक्दा फराकिलो जित निकाल्न बन्चित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button