तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा प्रिमियर लिगमा पोखराको विजयी शुरुवात

पोखरा । पोखरा प्रिमियर लिगमा साविक विजेता पोखरा पल्टनले उपाधिको यात्रा बलियो रुपमा सुरु गरेको छ । उद्घघाटन खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले हराउँदै पोखराले बलियो सुरुवात गर्यो ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको हो । पोखरा शरद भेषावकरको कप्तानीमा छ भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।

मल्ल कप्तान रहेको काठमाडौंको सुरुआत भने राम्रो भएन । जवाफमा पोखराले १४ ओभर एक बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पोखराका लागि कुशलले ६५ अर्धशतकीय पारी खेले ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button