तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राउतद्वारा बम विस्फोटका मृतक परिवारसँग भेटेर सहानुभूति प्रकट

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ५ मा भएको वम विष्फोटमा परि एक्कै परिवारका बुबा छोराको मृत्यु भएको पिडित परिवारसंग आज भेटेर सहानुभूति दिनुका साथै घाईतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले दिने घोषणा गर्नु भएको छ ।

दुःखद घटनामा परेर निधन हुनु भएकाहरुको हकमा प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राहत रकमको विषयमा चाडै निर्णय लिने पनि मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

शुक्रवार मध्य राति गराईको रिमोर्ट कन्ट्रोलको वमबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल, महेन्द्रनगर वडा नंं ५ का राजेश साह तथा नीजका छोरा आनन्द कुमार साहको मृत्यु भएका थिए भने अन्य चार जना घाईते भएका थिए ।
मुख्यमन्त्री राउतले यस घटना प्रति प्रदेश सरकार गहिरो दुःख व्यक्त गर्दै यसका दोषि माथि कडा कारवाहीको माग गर्नुहुदै जनताको जीउँ धनको सुरक्षा प्रति आफूहरु पनि गंभिर रहेको बताउनुभयो ।

पिडित परिवारसँग भेट्न तथा समवेदना प्रकट गर्नका लागि प्रदेश नंं २ का सभामुख सरोज कुमार यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सभाका सदस्य सिंहासन कलवार, प्रदेश नंं २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहितका व्यक्तिहरु घटना भएको पीडितको घरमा नै पुग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button