तपाईँ सुन्दै हुनुहुन्छः

वम विष्फोटको शोकमा विद्यालय तथा नगरपालिका बन्द

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ५ मा शुक्रबार मध्यराति भएको वम विष्फोटमा परेर प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको घटनाको शोकमा धनुषा जिल्लाको सम्पूर्ण संस्थागत विद्यालयहरु आज बन्द रहेको छ ।

सांस्थागत बिद्यालयहरुको संगठन प्याब्सन तथा एन प्याब्सनको आह्वाहनमा धनुषा जिल्लामा भएका सबै संस्थागत विद्यालय तथा कलेजहरुको पठन पनठन बन्द रहेको छ ।

एन प्याब्सनका अध्यक्ष चन्द्रनारायण मण्डलले वम विस्फोटमा परेर जनकपुरधामको सिद्धार्थ शिशु सदनमा अध्ययनरत रहेका बिद्यार्थी आनन्द कुमार साह, प्रहरी निरीक्षक अमिर कुमार दाहाल तथा विद्यार्थी साहका बुबा राजेश साहको वम विस्फोटमा परि दुःखद निधन भएको शोकमा विद्यालयहरुको पठन पाठनसहित सम्पूर्ण कामकाज बन्द गरेको जनाएको छ ।

उक्त घटनामा एक प्रहरीसहित अन्य तीन जना घाईते भएका थिए । घाईतेहरुको उपचार वि पी कोईराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरानमा भईरहेको छ ।

यसै गरी क्षिरेश्वरनाथ नगरपालिकाको आकस्मि बैठक बसेर सोही घटना प्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले शोकमा एक दिनका लागि कार्यालय बन्द गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिनु भएको छ ।

शुक्रवार राति अज्ञात समूहले रिमोर्ट कन्ट्रोलबाट नियन्त्रण गर्ने वम औषधिसहितका अरु व्यवसायमा संलग्न रहेका व्यवसायी राजेश साहको व्यक्तिगत आवासको मूल ढोकामा झुड्याएपछि असावधानीका कारणले विस्फोट हुँदा एक्कै परिवारका बुबा राजेश साह, छोरा आनन्द कुमार साह तथा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमिर कुमार दाहालको मृत्यु भएका थिए ।

यसैबीच प्राम्भिक अनुसन्धानको क्रममा प्रहरीले विप्लव समूहका प्रदेश २ का ईन्चार्ज सीतादेवी महरा , केन्द्रीय सदस्य ललिता महरा तथा रामशोभित गहतालाई पक्राउ गरेपनि वम विस्फोट गर्नेको खोजी गर्ने कामकाज भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनुभयो ।

पक्राउ पर्नेहरु योजनाकारको रुपमा रहेको पनि प्रजिअ कणेलले बताउनुभयो । घटनापछि धनुषाको सम्पूर्ण सुरक्षा व्यवस्था कडा बनाउनुका साथै संकास्पद व्यक्तिको खोजतलास गर्ने कामकाज जारी नै रहेको प्रहरीले जनाएको छ । मृतक व्यापारी साहसँग विप्लव समूहले चन्दा माग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button