तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी समिति बैठकः अध्यक्षद्वयको प्रस्तुत प्रस्ताव एवं प्रतिवेदनमाथि भोलीदेखि छलफल हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि काठमाडाँैमा सुरू भएको स्थायी कमिटिको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीका तर्फबाट तयार पारिएको राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले दुबै अध्यक्षका तर्फबाट राजनैतिक प्रतिवेदन प्रस्तुत गरेपछि भोली विहान ११ बजे सम्मका लागि स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय परिस्थिती, राष्ट्रिय परिस्थिती, पार्टी एकताको सुद्रिढीकरण, सरकारको सामान्य समिक्षा, उपनिर्वाचनको समिक्षा, पार्टीको आगामी कार्ययोजना, र सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन गरी विभिन्न ७ उपशिर्षक रहेको १६ पृष्ठ लामो प्रतिवेदन माथि भोलीदेखि सदस्यहरूले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैगरी बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत बैठकको कार्यसूची सम्बन्धी प्रस्ताव र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपि शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना सम्बन्धी प्रस्तावसमेत सामान्य छलफलपछि पारित गरेको प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button