तपाईँ सुन्दै हुनुहुन्छः

तीन हजार विद्यार्थीलाई निःशुल्क झोला वितरण

सल्यान । युमी नेपाल जापानको सहयोगमा रुपान्तरण नेपालले जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

जिल्लाको शारदा नगरपालिकाका ५७ सामुदायिक विद्यालयका तीन हजार दुई सय विद्यार्थीलाई निःशुल्क झोला वितरण गरिएको हो ।

नगरपालिका भित्रका आधारभुत विद्यालय (कक्षा चारदेखि आठसम्म)का विद्यार्थीहरुलाई झोला उपहार स्वरुप शिवजन माध्यामिक विद्यालय शितलपाटीमा वितरण गरिएको हो ।

साना भाई बहिनीहरुलाई पढाई प्रति थप उत्प्रेरित गर्न मद्यत पुगोस भन्ने ध्ययले जापानी झोला सहयोग कार्यक्रम अन्र्तगत शारदा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको रुपान्तरण नेपालले जनाएको छ ।

जापानमा रहेका नेपालीहरुको सहयोगमा सुविधायुक्त झोलाहरु वितरण गरिएको आयोजकको भनाई छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले विद्यार्थीलाई झोला वितरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button