तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी कमिटिको लागि ऐजेण्डा तय गर्दै नेकपा सचिवालय बैठक सकियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नेकपाको सचिवालय बैकल आजै बस्ने स्थायी कमिटीको बैठकका लागि एजेण्डा तय गर्दै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज बस्ने स्थायी कमिटी बैठकको लागि कार्य सूची तयार पारेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले स्थायी समिति बैठकका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचणद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको बारेमा दुवै अध्यक्षले छलफल गरेर प्रस्तुत गर्ने, विधान संशोधन, केन्द्रिय कमिटीको अर्को बैठक, नेपाल भारत सिमा समस्य र विविध गरि पाँच वटा कार्यसूची तयार पारेको जानकारी पवक्ता श्रेष्ठले दिनुभयो ।

सचिवालयको बैठकमा प्रधानमन्त्री एव पार्टी अध्याक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तिब्र रुपमा सुधार भईरहेको जानकारी समेत गराउनु भएको र बैठकले शिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेको समेत प्रवक्ता श्रेष्ठले सञ्चारमर्कीहरुलाई जानकारी दिनुभयो । स्थायी कमिटीको  बैठक आज दिउसो १ : ०० बजे  पार्टी कार्यालय धुम्वाराहीमा बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button