तपाईँ सुन्दै हुनुहुन्छः

बेवारीशे अवस्थामा भेटियो ११ केजी चरेश

  

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ठूलो मात्रामा चरेश बरामद गरेको छ ।

शनिवार सवारी चेकजाँचकाका क्रममा बर्दिया जिल्लाको ठाकुरवावा नगरपालीका २ रानिपुर नजिक राजमार्गमा बेवारीशे अवस्थामा राखीएको चरेश बरामद भएको हो ।

प्रहरीले पुर्वपश्चिम राजमार्गको दक्षिणतर्फ सडक किनारामा कालो रंगको झोलामा बेवारिसे अवस्थामा चरेश फेला पारेको हो ।
झोलामा बिष्फोटक पदार्थ समेत राखेको हुन सक्ने शंका लागि तत्कालै नेपाली सेनाको बिशेषज्ञ टोली झिकाई उक्त झोला चेकजाँच गरि हेर्दा झोला भित्र कालो रंगको चरेस ८ के.जि. र खैरो रंगको चरेस ३ के.जि.गरी जम्मा ११ के.जि चरेस फेला परेको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनु भयो ।

चरेस कहाँबाट कस्ले ल्याएको पहिचान र खोजीकार्य भईरहेको पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button