तपाईँ सुन्दै हुनुहुन्छः

अपडेटः सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, १८ घाइते

काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ ।घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

अहिले प्रहरी र स्थानीय घाइते यात्रुको उद्धारमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button