तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुबा पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बर्दियाका ४० बर्षिय एक पुरुषले विगत केही महिनादेखि आफ्नै १८ बर्षिय छोरीलाइ यातना तथा धम्की दिई जबरजस्ती करणी गरि राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

भारतको बेंङलोरमा लगि आफ्नै १८ बर्से छोरीलाई एक्लै डेरामा राखि एक महिनासम्म पटक पटक यातना तथा धम्की दिई जबरजस्ती करणी गरदै आएको र मंगलवार नेपाल फर्कि नेपालगंज बजारको न्यू रोड स्थित एक होटेलमा राखी आज घर जान हुन्न अशुभ हुन्छ भोली जाउला भनी यतै बस्न पर्छ भनी फकाई धम्क्याई पुनः जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

पिडितले बर्दिया घरमा आए पछि प्रहरीलाई खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंसीर २७ गते मधुवन नगरपालिका वडा नं.६ नेपाल भारत सिमा नजिकबाट आरोपितलाई भारततर्फ जादै गरेको अवस्थामा पक्राउ गरि थप अनुसन्धान कार्य भैइरहेको बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button