तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी भन्सारका प्रमुख अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनका जेठान र श्रीमतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१० करोड ५६ लाख ९१ हजार रुपैयाँ गैह्रकानुनी रुपमा आर्जन गरी जेठान नविनकुमार गौली र श्रीमती सबिता गौली बस्नेतको नाममा लुकाई छिपाई राखेको पुष्टि भएकाले भन्सार अधिकृत बस्नेतविरुद्ध सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीएको अख्तियारले जनाएको छ ।

निज बस्नेतले प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिएर अवैध सम्पत्ति थुपारेको अख्तियारको आरोप छ ।

निज बस्नेतको गैह्रकानुनी सम्पत्ति व्यवस्थापनमा सहयोग गरी भ्रष्टाचारजन्य काम गरेको अभियोगमा जेठान नविन कुमार गौलीविरुद्ध ९ करोड २१ लाख ५२ हजार बराबरको विगो कायम गरी मुद्दा दायर गरीएको र श्रीमती सबिता गौली बस्नेतको नाममा रहेको चलअचल सम्पत्ति जफत गर्ने गरी मुद्दा दायर गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयेगले मोरङको जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष साहले ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन गर्न सहजीकरण गरी दिने प्रयोजनका लागि घुस २१ हजार रुपैयाँ घुस रकम लिएको पुष्टि भएकाले आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button