तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अभावका कारण उपचार गराउन नसक्दा मलद्वार नभएको बालक आठ महिनादेखि पिडा भोग्न बाध्य

बीरगंज । आर्थिक अभावका कारण अभिभावकले उपचार गराउन नसक्दा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का मलद्वार नभएका एक बालक पिडा भोग्न बाध्य भएका छन् ।

स्थानिय ओजिर अन्सारीका आठ महिने नाबालक छोरा साहव अन्सारीको जन्मजात मलद्वार नभएको कारण कष्टकर जीवन विताउनु परेको छ । बालकको पेटको देब्रे भागमा चिकित्सकले शल्यक्रिया गरी ठूलो आन्द्रा निकालेका छन् ।

उनले त्यही ठूलो आन्द्राबाट मलत्याग गर्ने गरेका छन् । खुल्ला रहेको आन्द्राको मुखका कारण बालकलाई पीडा हुने र उनी रोइरहने गरेको आमा जैनव खातुनले गुनासो गर्नुभयो । वीरगन्जको नारायणी अस्पतालमा जन्मिएका साहेवको जन्मदै मलद्वार नभएको यकिन भएलगत्तै अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रियाबाट उनको पेटको देब्रे भागमा ठूलो आन्द्राको मुख काटेर पेट बाहिर निकालेको बालकी आमा खातुनले बताउनुभयो ।

बालकको मलद्वारको शल्यक्रिया गरी सामान्य बनाउन कोलोस्टोमी शल्यक्रिया आवश्यक रहेको र त्यसका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा यो शल्यक्रिया गर्न ३ लाख रुपैयाँ माग गरिएको पिडितका अभिभावकले बताएका छन् । उनिहरुसँग छोराको उपचार गर्न असमर्थ रहेको जैनव खातुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button