तपाईँ सुन्दै हुनुहुन्छः

लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत सीमा क्षेत्रमा रहेको समस्याको विषयमा भारत सरकारसँग राजनैतिक र कुटनैतिक तवरमा वार्ता गरी समस्या समधान गर्न सरकारलाई दिर्नेशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले भारतको अतिक्रमणमा परेको नेपाली भुभागबाट भारतीय सुरक्षा फौज फिर्ता गर्न र लिपुलेक, लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा रहेको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा पहलकदमी अगाडी बढाएको बताउनुभयो । उहाँले सिमा क्षेत्रको समस्या दशकांैदेखि रहदै आएकाले समस्याको हल हुन पनि समय लाग्ने स्पष्ट पार्नुभयो ।

भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अहिलेसम्म प्राप्त प्रमाणहरुले लिपुलेक, लिम्पियाधुरा नेपाल कै हो भन्ने देखिएकाले ती भुभागलाई समेटेर नयाँ नक्सा जारी गर्न पहल भईरहेको बताउनुभयो ।

यसअघि समितिको बैठकमा सांसदहरुले लिपुलेक, लिम्पियाधुरामा भएको भारतीय अतिक्रमण रोक्नु पर्ने, सीमा क्षेत्रको नेपाली भूमीमा रहेका भारतीय सुरक्षा फौज हटाउनु पर्ने, सिमानामा नेपालको सुरक्षा फौज राखिनु पर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button