तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बस दुर्घटना हुंँदा २२ यात्रु घाईते


चितवन । चितवनको रत्नगरमा गएराती यात्रुवहाक बस दुर्घटना हुंँदा २२ जना यात्रु घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार गएराती १०ः४५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आफँै अनियन्त्रित भई पल्टिन जाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २२ यात्रु घाइते भएका थिए । उनीहरुको भरतपुरको विभिन्न अस्पतालमा उपचार भएको मध्ये हाल १८ जना घर फर्किसकेको र चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक फरार रहेकोले खोजीकार्य भइरहेको छ । बसमा ४२ जना यात्रु सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button