तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने जनाएको हाे ।

महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ । बुलेटिनमा शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

मौसम विश्लेषण

हाल नेपालमा western disturbance (पश्चिमि निम्न चापिए प्रणालि) को प्रभाब रहेको छ ।

मौसमको अवस्था )

हाल देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ।

राती: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसीर २८ गते (शनिबार)

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

 मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदलि र  मध्य तथा पुर्वका पहाडि भु-भागमा आंसिक देखि सामान्य वदली रहि पश्चिमि थोरै  स्थानहरुमा साथै मध्य तथा पुर्वका पहाडि भु-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देशको पश्चिमि पहाडि आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी पहाडि भुभागमा आंसिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वि उच्च पहाडि सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात  हुने सम्भाबना रहेकाले बिशेष गरी पश्चिमि उच्च पहाडि सहित हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button