तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज

अजय बम । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । एन्फाले पहिलो पटक लिगका लागि विदेशी कम्पनीसँग सहकार्य गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलको लिग जित्ने टिमले ५० लाख पुरस्कार पाउने भएको छ । यो रकम गर्त वर्षकै हो ।

दोस्रो हुनेले ३५ लाख, तेस्रोलाई २५ लाख, चौथोलाई १५, पाँचौंलाई ७ लाख र छैटौं स्थानमा रहने टिमले ५ लाख पुरस्कार पाउने छ ।

शनिबारदेखि काठमाडौंमा शुरु हुन लागेको ए डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button