तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीको सम्मान र प्रोत्साहनमा सरकारले कुनै विभेद गर्दैन : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतसंगको सीमा बिवाद समाधानका लागि सरकारले विशेष  दुत पठाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषद्को यही मंसिर २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक प्रश्नमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सिमा विवाद समाधानका लागि कुटनीतिक तहमा भारत र नेपाल दुवै पक्षले तथ्य/प्रमाण हरूको संकलन तथा अध्ययन गर्ने र एक–अर्कालाई बिश्वासमा लिने प्रयास गरिहे पनि सरकारका तर्फबाट विशेष दुत खटाउने वा राजनैतिक तहमा वार्ता गर्नेबारे कुनै निर्णय नभएको बताउनुभयो ।

कुटनैतिक नियोगको तहमा छलफल र सहमतिका विषयहरू टुङ्गो नलगाई सरकारको उच्च तहमा कुरा गर्दा वा राजनैतिक दलको नेतालाई विशेष दुतका रूपमा खटाउँदा समस्याको समाधान हुन नसक्ने मन्त्री बाँस्कोटाले बताउनुभयो ।

सरकारले लिपुलेक र कालापानी मात्र नभई लिम्पियाधुराबाट बग्ने कालीनदी पूर्वका सम्पूर्ण भूमीहरू नेपालको भएको स्पष्ट गर्दै कुटनैतिक नोट पठाएर समस्या समाधानका लागि आफ्नो अडान र दृष्टिकोण स्पष्ट पारिसकेको बताउनुहँदै मन्त्री बाँस्कोटाले सत्य तथ्य र प्रमाणहरूलाई स्वीकार गर्दा भारतलाई समेत फाईदा पुग्ने बताउनुभयो ।

पत्रकारकै अर्को प्रश्नमा मन्त्री बाँस्कोटाले दक्षिण एशियाली खेलकुदमा पदक जित्ने सम्पूर्ण खेलाडीलाई सरकारले समान रूपमा सम्मान गर्ने समेत स्पष्ट पार्नुभयो ।

सबै खेलाडीले आफ्ना लागि नभई राष्ट्रको प्रतिष्ठा र गरिमा बढाउनका लागि खेलेको बताउनुहुँदै मन्त्री बाँस्कोटाले खेलाडीको सम्मान र प्रोत्साहनमा सरकारले कुनै विभेद नगर्ने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button