तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगहरुमा विष्फोट गर्ने, धम्की देखाई अवैध असुली गर्ने चार पक्राउ

बीरगंज । वीरगन्ज पथलैया औद्योगिक करिडोर अन्र्तगतका उद्योगहरुमा विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने चार जनालाई बारा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वारामा आयोजित पत्रकार सम्मेलनमा परवानीपुरमा रहेको एमएस इट्टा उद्योगका संचालक वारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने मनोज प्रसाद साह तेलीलाई उद्योगमा विष्फोट गराउने धम्की दिएर १५ लाख रुपैया रकम फिरौती माग गर्ने बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ४ निवासी ३१ बर्षिय प्रमोद साह गोढ, २० बर्षिय देवशंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० बर्षिय अच्छेलाल गोसाई र फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ बर्षिय दिपेन्द्र कुमार धानुकलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी उपरिक्षक विकाश खनालले बताउनुभयो । उद्योगी मनोज साहसँग फिरौती बापत तीन लाख रुपैया बझ्न बाराको चैनपुर पुगेका अभियुक्तहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

पर्सा प्रहरीले प्रमोद साह गोढलाई २०७३ चैत्र २८ गते वीरगंज महानगरपालिका वडानम्बर ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा एक थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरी कारवाही गरेको थियो भने अभियुक्तहरुले वाराको प्रसौनी गाउँपालिका ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाईलबाट ५० लाख रुपैया फिरौती माग गरेको र रकम नदिएपछि गत असोज १० गते निजकोघरमा बम विष्फोटसमेत गराएका थिए ।

त्यसैगरी बाराको परवानीपुर स्थित नारायणी आयल रिफाईनरीमासमेत अभियुक्तहरुले रकम माग गरी नदिएपछि गत असोज २ गते उद्योगमा बम विस्फोट गराउदै व्यवसायिसँग फिरौती रकमसमेत बुझेको प्रहरीले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

अभियुक्तहरुलाई आजै थप अनुसन्धानका लागि वारा जिल्ला अदालतबाट म्याद थप गरिएको र मुुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दा चलाईएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button