तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रहरी कार्यालय तनहुँको ब्यारेक भवन शिलान्यास

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँको ब्यारेक भवन बिहिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।  ब्यारेक भवनसंगै मेस र हिरासत कक्षसमेत निर्माण हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिनोद सिलवालले बताउनुभयो । भवन निर्माण पश्चात प्रहरीले दिने सेवामा र तनहुँ प्रहरीलाई सहज हुने एसपी सिलवालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँको भवन साघुरो र पुरानो भएकाले नयाँ भवनको आवश्यक परेको एसपी सिलावालले बताउनुभयो । उक्त भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले शिलान्यास गर्नुभएको थियो ।
सो अवसरमा डीआईजी घिमिरेले जनता प्रति ज्यादै सचेत भएर काम गरेको बताउनुभयो । ”जनतासंग मिलेर सभ्य समाज निर्माण गर्न सकिन्छ । गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरेले ‘भन्नुभयो’ स्थानिय तह हाम्रो अभिभावक हो ।” अहिले प्रहरी लिई चुनौती थपिएको प्रमुख घिमिरेले बताउनुभयो  ”आधुनिक प्रविधिको प्रयोग गरे काम गर्न सहज हुन्छ प्रमुख घिमेरेले ‘भन्नुभयो’ प्रविधिले सभ्यता सिकाउछ ।” अब प्रहरीको संख्यामा होइन प्रविधिका लगानी गरेर सहज रुपमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रहरी संगठन शुद्धिकरण अभियानमा लागेको प्रमुख घिमिरेले बताउनुभयो । जनता र प्रहरी मिलेर समाज सफाई गर्न सकिने घिमिरेले बताउनुभयो ।
उक्त भवनको सम्झौता मङ्सिर ९ गते भएको र आगामी २०७७ साल मंसिर ८ गते निर्माण गर्नुपर्ने मिति रहेको छ । न्यु ड्राईगन निर्माण सेवा पोखरीचौरी ८, काभ्रेले उक्त भवन निर्माणको जिम्मा पाएको छ ।तीन  करोड छ  लाख ४६ हजार पाँच आठ  रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
कार्यकममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गभक्त अधिकारि, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्र लगाएतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button