तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छाला र हड्डिसहित एक जना पक्राउ

दैलेख । दैलेखमा चितुवाको छाला र हड्डिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका ४ तिलुखानाबाट एकजनालाई चितुवाको छाला र हड्डिसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीवहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका ४ तिलुखानाका ६८ वर्षिया शिववहादुर शाहीलाई चितुवाको छाला र हड्डिसहित पक्राउ गरिएको हो ।

बाघको छाला र हड्डि घरमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रदेश प्रहरी कार्यालयवाट खटिएको संयुक्त टोलीले वुधबार शाहीको घरमा खानतलासी गरी चितुवाको छाला र हड्डि बरामद गरेको हो ।

झण्डै ७ फिट ८ ईन्च लम्वाई र २ फिट २ ईन्च चौडाई रहेको चितुवाको छाला र २ किलो ३० ग्राम चितुवाको हड्डि सहित शाहीलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख वलीले वताउनुभयो । पक्राउ परेका शाहीलाई विहिबार सार्वजनिक गरिएको हो । उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दैलेखमा बिहिबार नै वुझाईएको दैलेख प्रहरी प्रमुख वलीले जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button