तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ ।

दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको बारेमा छलफल हुनेछ

त्यसैगरी आजको बैठकमै केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पनि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button