तपाईँ सुन्दै हुनुहुन्छः

आज काठमाडौँमा घाम नलाग्नुको कारण यस्तो रहेछ

काठमाडौँ । आज देशभर मौसममा बदली भई केही स्थानमा भारी हिमपात र वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

बिहीबार नेपालको उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र मध्य-पश्चिम भूभागको एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

नेपालको पश्चिम भूभागबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले देशभर तीन दिनसम्म मौसममा बदली आइरहने मौसम विभागले जनाएको छ । मौसमविद् पौडेलका अनुसार आज राजधानी काठमाडौँ घाम नलाग्नु को कारण यसै प्रणालीको प्रभाव हो ।

साथै देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाको अनुमान रहेको छ । देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौषम विद्हरुको भनाई छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ – ‘उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button