तपाईँ सुन्दै हुनुहुन्छः

विवाह मण्डपबाटै दुलाहा दुलही सहित अभिभावक पक्राउ

उदयपुर । उदयपुरका बाल विवाह गरेको आरोपमा एक जोडी बरबधु सहित अभिभावक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बार ५ बस्ने भूपध्वज कार्की र त्रियुगा नगरपालिका ७ बस्ने १९ की लेखाकुमारी थापा सहित अभिभावक पक्राउ परेका हुन् ।

बालविवाह भईरहेको उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले बिबाह मण्डपबाटै बेहुला बेहुली र उनीहरुका अभिभावकलाई पक्राउ गरेको हो । प्रहरीले बेहुला २४ वर्षीय कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली लेखाकुमारी र उनका बाबु रुद्रदबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला बालबालिका तथा जेष्ट नागरिक सेवा केन्द्र प्रमुख (असई) उमा गुरुङले बतउनुभयो ।

बरबधु र अभिभावकलाई नियन्त्रणमा लिएलगत्तै स्थानीय बाल क्लब, स्थानीय जनप्रतिनिधि र प्रहरीसमेतको रोहबरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति गरेर बेहुला बेहुलीलाई अभिभावकको जिम्मा लगाइएको असई गुरुङले जानकारी दिनुभयो ।

पछिल्लो मुलुकी संहिताले विवाह गर्नका लागि युवतीको उमेर २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था गरे पनि तोकिएको उमेर नपुग्दै बिबाह गर्ने प्रचलन धेरै भएकाले कतिपय बरबधु बिबाह गरिरहेका बेला कोही मण्डपबाटै र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button