तपाईँ सुन्दै हुनुहुन्छः

पीपीएल को खेलतालिका सार्वजनिक

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्धघाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ ।

मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालमा हुने पीपीएलमा कुल १७ खेल हुने छन् । लिग चरणपछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ ।

पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन् । गत वर्ष फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

पीपीएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली छन् । विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच पीपीएलमा प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button