तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ सरकारले बाख्रापालनका लागि विशेष कार्यक्रम ल्याउने

मकवानपुर । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रव्द्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ ।

कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवर्द्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुवात गर्न लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताउनुभयो ।

उहाँका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका केही पालिकामा उन्नत जातका बाख्रापालन कार्यक्रम सञ्चालनमा आउनेछ ।

मन्त्री लामाले बाख्रापालन फार्मलाई ५० लाखसम्म अनुदान रकम दिइने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button