तपाईँ सुन्दै हुनुहुन्छः

अधिकार कटौती गर्ने गरी सङ्घले कानुनहरू ल्याएकोमा स्थानीय तहको असन्तुष्टि

काठमाडौँँ । स्थानीय सरकारका प्रतिनिधिहरुले स्थानीय संविधानले नै दिएको अधिकार कटौती गर्ने गरी संघले कानुनहरु ल्याइरहेको भन्दै असन्तष्टि व्यक्त गरेका छन् ।

गाउँपािलका राष्ट्रिय महासंघले आज काठमाडौंमा आयोजना गरेको स्थानीय सरकार र मौजुदा संघीय कानुन विषयक छलफलमा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संघीय सरकार स्थानीय तहको अधिकार कटौती गर्दै संघीयताको मर्मविपरित अघि बढिरहेको बताउनुभयो ।

उहाँले स्थानीय सरकारको अधिकारभित्र पर्ने कतिपय क्षेत्रमा संबैधानिक मर्म बिपरित कानुन निर्माण गरेर स्थानीय तहलाई अंकुश लगाउने र नियन्त्रण गर्ने काम गरिरहेको भन्दै त्यसको प्रतिकार गर्न आफुहरु तयार रहेको स्पष्ट पार्नुभयो ।

महासचिव बंशलाल तामाङले स्थानीय सरकारको सरोकारका विषयमा संघीय संसदले दर्जनौ कानुन बनाइरहँदा समन्वय नभएको भन्दै स्थानीय सरकार आफ्नो अधिकारको खोजी गर्न पछि नपर्ने बताउनुभयो ।

छलफलमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् डा. विपिन अधिकारीले संघले बनाएका कतिपय ऐनहरु स्थानीय तह र संघीयता अनुकुल नभएको भन्दै संघले स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

छलफलमा संविधानविद्, अधिवक्ता, गाउँपालिका पदाधिकारी, विभिन्न मन्त्रालयका कानुन अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button