तपाईँ सुन्दै हुनुहुन्छः

प्रजनन स्वास्थ्य शिविरमा तीन सय १० जनाले सेवा लिए

अछाम । अछामको चौरपाटी गाउँपालिका सोकटमा प्रजनन स्वास्थ्य शिविरमा तीन सय १० जनाले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र चौरपार्टी गाउँपालिकाको समन्वयमा सञ्चालन गरीएको शिविरमा तीन सय १० जनाले प्रजनन् स्वास्थ्यसँग सम्बन्धित विभिन्न सेवा लिएका हुन् ।

शिविरमा आएका सेवाग्राहीले गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड, पाठेघरको मुखको क्यान्सरको जाँच, यौनरोग तथा तल्लो पेटको समस्या भएका महिलाहरूले उपचार तथा परिवार नियोजन सेवा लिएका छन् ।

शिविरमा ८६ जना महिलाहरुको अल्ट्रासाउण्ड प्रविधिद्धारा गर्भजाँच गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा ४६ जनाको पाठेघरको मुखको क्यान्सरको जाँच गरीएको छ भने ३ जनाले परिवार नियोजन सेवा लिएका छन् । अन्यको भने प्रजनन् स्वास्थ्य सम्बन्धि सामान्य चेकजाँज गरिएको छ । शिविरमा बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामका दुई जना चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको टोलीले सेवा दिएको थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button