तपाईँ सुन्दै हुनुहुन्छः

अछाम बहुमुखी क्याम्पस भौतिक तर्फ सम्पन्न बन्दै

अछाम । अछाम सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पस भौतिक निर्माणतर्फ आत्मनिर्भर बन्दै गएको छ । क्याम्पसमा हाल चारवटा आधुनिक पक्की भवन निर्माण भएसंगै क्याम्पस भौतिक निर्माणतर्फ सम्पन्न भएको हो ।

मंगलसेन नगरपालिका बाट १ करोड ९६ लाख, प्रदेश सरकारबाट ५० लाख, र निर्वाचनक्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत ३० लाख गरी जम्मा दुई करोड ७६ लाख लागतमा अछाम क्याम्पसको नयाँ संरचना निर्माण भएको मंगलसैन नगरप्रमुख समेत रहनु भएका क्याम्पस संचालक समिति अध्यक्ष पदम बहादुर बोहराले बताउनुभयो । क्याम्पसलाई सुविधा सम्पन्न र प्राविधिक शिक्षा समेत संचालन गर्न आफुहरु लागिरहेको नगरप्रमुख बोहराको भनाई छ ।

बिगतका बर्षमा पुरानो जिर्ण भवनमा अध्यान अध्यापन हुने अछाम बहुमुखी क्याम्पसमा २६ कोठा चार वटा पक्कि भवन सहित भौतिक संरचना निर्माण भएको छ । २०४८ सालमा स्थापना गरीएको अछाम बहुमुखी क्याम्पसमा कक्षा ११ देखी स्नातकोत्तर तह सम्म नेपाली र इपीएम बिषयको पढाई संचालन भईरहेको क्याम्पस प्रमुख छत्रबहादुर बिष्टले बताउनुभयो ।

हाल आंशिक र पुर्णकालीन गरी २३ जना अध्यापकहरुले अध्यापन गराई रहेको अछाम क्याम्पसमा ८ सय विद्यार्थीहरुले अध्यायन गरीरहेका छन् । पछिल्लो समय पक्की भवन बने संगै क्याम्पसको मुहार फेरिएको र शैक्षिक गुणस्तरमा सुधार आएको विद्यार्थीको भनाई छ ।

क्याम्पसमा सूचना प्रविधिको प्रयोग मार्फत शिक्षण कार्य हुने गरेको छ । स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई श्रब्यदृष्य सामग्रीको प्रयोग गरी प्रोजेक्टरमार्फत अध्यापन भईरहेको क्याम्पस उपप्रमुख ध्रुवकुमार शाहीको भनाई छ । हालै क्याम्पसले विद्युतीय सूचना बोर्डको समेत जडान गरी सजिलो तरिकाबाट सूचना तथा जानकारी प्रदान गर्न थालेको छ ।

क्याम्पसको स्तरबृद्धिका लागि स्थानिय अभिभावकहरुको सहयोगमा २०७३ सालमा आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड रकम जम्मा गरीएको र सम्पुर्ण दान दाता हरुको शिलसिलेवार ताम्रपत्रमा नाम राखीएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button