तपाईँ सुन्दै हुनुहुन्छः

४० लाख लगानीमा  गाउँमै आवासीय विद्यालय,  अनाथ तथा विपन्न बालबालिकालाई राहत

जुम्ला । कालिकोट पलाता गाउँपालिका ७ का वीरबहादुर बमका सानै उमेरमा बुवाको निधन भयो । पेटको उपचार हुन नसक्दा बुवा बितेपछि उनी साहरा बिहिन बने । आफू जन्मेको एक वर्ष नपुग्दै बुबाको मृत्यु भएपछि स्कुल लैजाने कापी कलम जुटाउन पनि निकै कठिन थियो । आमाको कमाइले खाना खर्च पनि पुग्दैनथ्यो । स्कुल गएर राम्रोसंग अध्ययन गर्ने उनको सपना हिमा गाउँपालिकाले साकार बनाइदियो ।

दुई वर्षअघि स्थानीय सरकारले आफ्नै लगानीमा एक आवशिय विद्यालय खोलेपछि उनले पनि पढ्न पाए । उनले भने, अभिभावकीय दायित्व स्कुलले पुरा गर्दिएको छ । १० वर्षका उनी अहिले कक्षा २ मा पढ्छन् ।

हिमा गाउँपालिका बड्कीका अनिशकुमार शाही एक बर्ष नपुग्दै अनाथ भए । एक नपुग्दै उनकी आमा बितिन्। आमाको मायाबाट बञ्चित उनले राम्रो शिक्षा, दिक्षा पाउन सकेका थिएनन्। सधै घरकै काममा खटाइन्थ्यो। स्कुल जाने मन हुदा हुँदै पनि मनमा रहर गुम्साउदै बस्नु पथ्र्यो । तर हिमा गाउँपालिकाले अहिले स्कुलमै बस्ने, खाने, पढ्ने र सुत्नेसहितको व्यवस्था गरेपछि उनी निकै खुसी छन् ।

उनले भने आवासिय विधालयमा खाने बस्ने पढ्ने व्यवस्था त छदैछ । एक नपुग्दै खोसिएको आमाको माया ‘शिक्षक, शिक्षिकाबाट पाइराखेको छु । उनले ठूलोे भएपछि नेपाली सेना भएर देशको रक्षा गर्ने इच्छा भएकोले यो विद्यालयले त्यो इच्छा पुरा गर्ने आशा व्यक्त गरे ।

हिमा पातारखोला गाउँकी रमिता अधिकारीका बुबा तत्कालिन जनयुद्धकालमा प्रहरी र बिद्रोही माओवादी बीचको दोहोरो भिडन्तमा मारिए । घरमा एक्लो आमा मात्र छन्। उनी भक्कानिदै भन्छिन्,‘बुबालाइ देख्न पाइन । बुबाले छोराछोरीप्रति खेल्ने भुमिका बारेमा पनि कुनै अनुभव छैन्। तर आवशिय विद्यालयमा आइपुगेपछि शान्तिको सास फेर्न थालेकी छु । अनिश, रमित र बम बहादुर मात्र हैन्, आर्थिक अभाव,विपन्नताका कारण पढ्ने रहर मनमा गुम्साउदै गरेका करिब ५२ जना बालबालिकालाई आवासिय विधालयले राहत पुराएको छ । स्थानीय सरकार आएपछि महत्वपुर्ण जनमुखि कामका रुपमा हिमा गाउँपालिकाले आासिय विधालय संचालनमा ल्याएको हो ।

केही महिना पहिलादेखिनै सञ्चालन हुँदै आएको आवासिय विद्यालय सोमबार औपचारिक उद्घाटन गरिएको छ । जुम्लाको हिमा गाउँपालिकाले आफ्नो लगानीमा आवसीय बिद्यालय खोलेपछि यहाँका टुहुरा, आर्थिक रुपमा निकै बिपन्न र असाहय बालबालिकालाइ राहत मिलेको छ ।

अहिले विद्यालयमा ५२ जना बालबालिकाले अध्ययन गरिराखेका छन्।् । जुम्लाको हिमा, तिला र सिँजा गाउँपालिका र कालिकोटका पलता, खाँडाचक्र,महावै र तिला गुफा नगरपालिकाका बालबालिका आवशिय विद्यालयमा आएर पठनपाठन गरिरहेका छन् । उनीहरुलाई चाहिने कापी कमल, पोसाक, झोला, खाने बस्ने सबै विधालयले व्यवस्था गरेको छ ।

यो विद्यालय कक्षा तीनसम्म सञ्चालित छ । माथिल्ला कक्षा अध्ययन गर्न कालिका आधारभूत विद्यालयमा समन्वय भइरहेको छ । आवासको सुविधा आवशिय विद्यालयलयले गर्नेछ। पठनपाठन कालिका आधारभुत विद्यालयमा हुनेछ ।

यहाँ पढ्न लेख्न राम्रो प्रबन्ध छ।बालमैत्री वातावरणमा पठनपाठन भइरहेको छ। यो विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाइ चलिरहेको छ। हिमा गाउँपालिका अध्यक्ष शाही गरिब, विपन्न, असाहय, टुहुरा बालबालिकाको भबिष्य निर्माणको लागि आवासिय विद्यालय खुलेको बताउँछन् ।

४० लाख लगानी
जुम्लाको हिमा गाउँपालिकाले कर्णालीका ७९ वटा स्थानीय तहमध्यकै नमुना काम गरेको छ । शिक्षालाई प्रथामिकता दिदै अनाथ विपन्न बालबालिकालाई विधालयको पहुँचमा ल्याउन विधालय स्थापना गरेको दुई वर्षमा करिब ४० लाख लगानी भईरहेको उपाध्यक्ष हिमाली रोकायाले बताईन । पुरानो सामुदायिक स्वास्थ्य इकाइको भवनमा स्कुल चलिरहेको छ । नयाँ संरचना निर्माणको लागि गाउँपालिकाले थप बजेट बिनियोजन गरिसकेको छ ।
४० लाख बजेट बालबालिकाको खाने,बस्ने, लगाउने कापी कलममा मात्रै ठिक्क छ । अझै थप लगानि गरिने उल्लेख गरिन् । शिक्षा क्षेत्रमा काम गर्ने गैसस संग समन्वय गरी आवश्यक लगानी भित्राउने लक्ष्य रहेको समेत उनको भनाई छ ।

विधालयमा जनयुद्ध तथा जनआन्दोलनका शहिद तथा घाइते परिवारका बालबालिका पनि अध्ययनरत छन्।् दन्द पिडितका बालबालिकालाई शिक्षा दिनु अलि भएपनि बिगतको घाउमा मलम लगाउनु हो । शिक्षाबाट बञ्चित बालबालिकाका लागि यो विद्यालय खुलेकोले अब यहाँका बालबालिका शिक्षा क्षेत्रबाट बञ्चित नहुने अभिभावक बताउँछन् ।

गाउँपालिकाले दुई जना शिक्षक राखेको छ । दुई जना भान्से, एक जना कार्यालय सहयोगी, एक जना स्टोर किपर राखेको छ । विद्यार्र्थीको नियमित स्वास्थ्य जाच्च पनि हुन्छ । यो वर्ष विद्यालयको घेराबार, भवन, खानेपानी तथा शौचालय बनाउने तयारी भईरहेको छ । यो विद्यालयलाइ सिँजा क्षेत्रकै नमुना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा ५२ जना बालबालिका छन् । जसमा ३० जना छात्र र २२ जना छात्रा । विद्यालयमा विद्यार्थी निकै अनुशासित छन् । अन्य सामुदायिक तथा सरकारी विद्यालयभन्दा पढाइ निकै गुणस्तरको छ । विद्यालयको अहिलेको संरचना अपांगमैत्री छ । बालमैत्री संरचना निर्माण भएका छन् ।
राजनीतिक दलको साथ
कर्णालीमै पहिलो पटक स्थापना भएको हिमा आवसीय विद्यालयको उत्थानका लागि यहाँका राजनैतिक दलले पनि साथ दिने भएका छन्। । उनीहरुले आफ्नो क्षेत्रमा लाग्दोपुग्दो साथ दिने प्रतिबद्धता जाहेर गरेका छन्।्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष वीरबहादुर कुँवर आवसीय विद्यालय खोलेर हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो चिन्ता जाहेर गरेको बताउँछन्।् । उनले भने,‘यो कर्णालीमा भएका स्थानीय तह मध्ये एक मात्र उदाहरणीय कार्य हो । यो कार्यप्रति सबै राजनीतिक दल सकरात्मक छन्।् । यो विद्यालयको उज्ज्वल भविष्यको लागि सहयोग गर्न तत्पर छ । उनले विद्यालय सञ्चालन, व्यवस्थापन, भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारसंग पहल गर्ने बताए ।

विद्यार्थी नेता अमरजंग शाहीले आवशिय विद्यालयबाट उत्पादित जनशक्ति निकै गुणस्तरिय र अनुशासित हुनेमा जोड दिए । उनले विद्यालयको आर्थिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा सकेसम्मको साथ दिने बताए । आवसीय विद्यालय खुलेपछि स्थानीयले सिंहदरबार गाउँमा पुगेको अनुभुति गर्न थालेका छन्।् । गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको स्थानीय स्तरमा उच्च प्रसंसा भइरहेको छ । विद्यालयको नेकपा अध्यक्ष वीरबहादुर कुँवर नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले अन्य विद्यालयभन्दा यो विद्यालय हरेक हिसाबले फरक हुने बताइन्।् । यो विद्यालयमा सबैले साथ दिने बचन दिएकोले निकट भविष्यमै स्तरउन्नती कार्य पनि अघि बढ्नेमा जोड दिइन्।् प्रत्येक बर्ष २० देखि २२ जना असाहय बालबालिका विद्यालयमा भर्ना हुनेछन् ।

यता गैससका क्षेत्रबाट पनि आवासिय बिधालयको स्तरउन्तीका लागि आवश्यक पहल गर्ने अध्यक्ष अम्मर रोकायाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button