तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले आजका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आज बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश            स्वर्ण         कास्य    रजत    जम्मा
भारत          १४३         ८३         ४३      २६९
नेपाल           ४९         ५१         ८३       १८३
श्रीलङ्का        ३६          ७६        १०७     २१९
पाकिस्तान    ३०         ३३         ४९       ११२
बङ्गलादेश    १९        ३०          ७५      १२४
माल्दिभ्स      १          ०             ३         ४
भूटान           ०          ५           १३       १८

प्रतिक्रिया राख्नुहोस्

Back to top button