तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरदेशीय पर्यटन प्रवर्द्धन साझेदारिता अघि बढाइने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवर्द्धन साझेदारिता अघि बढाइने भएको छ ।

त्यसका लागि प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताअनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button