तपाईँ सुन्दै हुनुहुन्छः

धान बिक्री गर्ने कृषकको घुइँचो

बाँके । बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढेको छ ।

कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म २६ हजार क्विन्टल धान खरिद गरिसकेको छ ।

यस वर्ष कृषि विकास मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीको बर्दिया र बाँके कार्यालयमा धान बिक्री गर्ने कृषकको सङ्ख्या बढेको हो ।

कम्पनीले प्रतिक्विन्टल मकवानपुर धानको दुई हजार ७००, मोटा धानको दुई हजार ५३२ र मध्यम धानको दुई हजार ६७३ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button