तपाईँ सुन्दै हुनुहुन्छः

सिमीकोटमा आँखा शिविर, ५०२ को उपचार   

हुम्ला – नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ तथा आँखा उपचार केन्द्र हुम्ला शाखा र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आर्थिक र प्राविधिक सहयोगमा हुम्लामा आँखा शिविर सञ्चालन गरिएको छ ।

हिमालय आँखा अस्पतालका डा.हरिविक्रम अधिकारीले मुगुको बिरामीको चाप बढेकाले हुम्लामा शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविरमा मोतिबिन्दुको शल्यक्रिया ३१, साधारण शल्यक्रिया ५ गरी ५०२ जाना आँखा रोगीको उपचार भएको छ । नाम्खा गाउँपालिका–४ की ७१ वर्षीया दावा लामाले शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिनुभयो ।

उक्त शिविरमा नेत्र ज्योति सङ्घका जिल्ला शाखाका सभापति नरबहादुर रोकायाले यस पटक १३१ जनालाई चस्मा वितरण गरिएको र गत वर्षभन्दा यसपटक चिसोका कारण बिरामी सङ्ख्या कमभए पनि सातवटै गाउँपालिकाबाट बिरामीहरु सिमीकोटमा आएको जानकारी गराउनुभयो ।    रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button