काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।
पोखराको दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरूद्ध दुई गोलको अग्रता बनाएको छ । भारतकी १८ नम्बर एमजी बालादेवीले खेल सुरु भएको १८ औं मिनेटमा पहिलो गोल गरेकी हुन् । अर्को गोल पनि उनैले दोस्रो हाफको सुरुवातमै गरेको छन् ।
नेपालको तर्फबाट भने अहिलेसम्म गोल हुन सकेको छैन । निकै रोमान्चक देखिएको खेल अझै जारी छ ।