तपाईँ सुन्दै हुनुहुन्छः

सागमा भारतको अग्रता कामयै, नेपाल दोस्रो स्थानमा

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पदक तालिका अनुसार भारतको अग्रता कायमै छ ।

आठौं दिनको खेल सकिँदासम्म भारतले एक सय ४५ स्वर्ण जितेको छ । ७१ रजत र ४१ कास्य गरि कुल २ सय ५२ पदक जितेको भारत तालिकामा शिर्ष स्थानमा रहेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य सहित एक सय ६५ पदक जितेर दोस्रो स्थानमा छ । श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य गरि १ सय ९७ पदक जितेर तेस्रो स्थानमा छ ।

पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ९३ कास्य गरि १ सय १० पदकसहित चौथों, बंगलादेश ८ स्वर्ण, २८ रजत र ६६ कास्य सहित पाँचौं स्थानमा रहेको छ । एक स्वर्ण जितेको माल्दिभ्स २ कास्य सहित ३ पदका साथ छैंटो स्थानमा छ भने भुटान ९ कास्य सहित तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button