तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि र बिकासका लागि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्बद्धन गरौं :सभापति देउवा

बागलुङ्ग । नेपाली काङ्गेसका सभापति तथा पुर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले मुलुकको समृद्धि र बिकासका लागि धार्मिक एबं पर्यटकिय क्षेत्रको संरक्षण र सम्बद्धन गर्नुपर्ने बताउनुभएको छ ।

बागलुङको कुडुले फेदीस्थित श्री रंङ्ग बैङ्कटेश्वर मन्दिर परिसरमा निर्मित शालग्राम संग्राहलयको आज उद्घाटन गर्दै उहांले कालिगण्डकी र शालग्राम शिला धार्मिक मात्र नभै समग्र विकासका लागि महत्वपुर्ण मानिने बताउनुभयो ।

उहाँले लोप हुदै गएको शालग्राम शिलाको संरक्षण तथा धर्म संस्कृतिको माध्याम बाट स्वामी कमलनयनाचार्यले शुरु गरेको योजना सफल बनाउनका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पुर्व प्रधानन्याधिस कल्याण श्रेष्ठले धर्मको नाममा राजनिति गर्न नहुने बताउनुभयो । धर्म भनेको ज्ञान हो, पुर्व प्रधानन्याधिस श्रेष्ठले भन्नुभयो ज्ञान कहिल्यै निरपेक्ष हुदैन । उहाले मुलुक धर्म निरपेक्ष बन्नु अनुचित भएको टिप्पणीसमेत गर्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी, गण्डकी प्रदेशका सांसद एबं नेपाल कम्युनिष्ट पार्र्टी नेकपाका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा बागलुङ्ग नगरपालिकाका मियर जनकराज पौडेल समाजसेवी एवं सहयोगदाता सहदेव राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हिन्दु धर्मालम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्दैै आएको शालग्राम शिला लोप हुन थालेपछि संरक्षणका लागि भुगर्भभित्र सुरुङ्ग निर्माण गरी सङ्गालय निर्माण गरिएको रंङ्ग बैङ्कटेश्वर मन्दिर त्रिपती बालाजी धाम कुडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

करिब ७६ मिटर लामो सुरुङ खनि सङ्गालय निर्माण गरिएकोसंग्रालय भित्र धाममा रहेका २४ हजार शालग्राम र मुस्ताङ्गको मुक्तिनाथ लगायतका स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्था गरिएको छ ।

्स्वामी कमलनयनाचार्यको सक्रियतामा दुई बर्ष अगाडी भुगर्भभित्र सुरुङ्ग निर्माण गरी संग्राहलयको थालनी गरिएको थियो । संग्राहालय निर्माणका लागि पाँच करोड बढि खर्च भईसकेको र अझै केही संरचना निर्माण गर्न बाँकी रहेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button