तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा अन्त्यका लागि सञ्चारको भूमिका महत्वपूर्ण

काठमाडौँ । महिलामाथि हुने हिंसा अन्त्यका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा संकल्प र मानव अधिकारका लागि महिला, एकल महिला समूहले आज राष्ट्रिय महिला आयोगमा आयोजना गरेको सञ्चार संवादमा पत्रकार दिलभुषण पाठकले महिला हिंसा अन्त्यका लागि सञ्चार माध्यमले ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी निर्मला शर्मा र नेपाल समाचार पत्रका सम्पादक कपिल काफ्ले, राजनीतिक विश्लेषक युग पाठकलगायतले महिला र पुरुष बराबर हुन् भन्ने ज्ञानको कमीले समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको धारण राख्नुभयो ।

महिला अधिकारकर्मी लिली थापाले रानीतिक र कानुनी सुधार भए पनि समाजमा महिलाको अवस्थामा सुधार हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button