तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बीरगंज । बीरगन्ज परवानीपुर सडक खण्डमा गएराती मोटरसाईकल दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि पर्साको धोबीनी गाउपालिका वडा नम्बर ४ लंगडी निवासी जयकुमार पटेलको मृत्यु भएको प्रहरी चौकी परवानीपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी वीरगज महानगरपालिका वडा नम्बर २१ पटेल नगर निवासी अर्जुन पटेल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । परवानीपुरबाट वीरगन्जतर्फ आंउदै गरेको ना ६५ प ५८२ नम्बरको मोटरसाईल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटर साईकललाई ठक्कर दिने सवारीको अहिलेसम्म पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button