तपाईँ सुन्दै हुनुहुन्छः

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–२ मा आज बिहान ग्यास लिक भएर आगलागी हुँदा एकजनाको मृत्युु भएको छ ।

ग्यास सिलिण्डरबाट अचानक ग्यास लिक भई आगलागी हुँदा ७५ वर्षिय जयप्रसाद दाहालको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

पहिलेनै ग्यास लिक भइरहेको अवस्थामा खाना पकाउन ग्यास बाल्न खोज्दा ग्यास फैलिएर आगलागी हुँदा दाहालको जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button