तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक विकास र समृद्धिको यात्रामाः उपप्रम पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ अगाडि बढेको बताउनुभएको छ ।

स्काई वाक टावरको आज काठमाडौमा शिलान्यास गर्नुहुदै उपप्रधानमन्त्री पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले राष्ट्रिय अभियानलाई पूरा गर्न काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुणस्तरीय पर्यटन प्रवद्र्धनकै लागि नेपाल भ्रमण वर्ष–२०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउन सरकारले अभियान चलाएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button