तपाईँ सुन्दै हुनुहुन्छः

११औं मानवअधिकार राष्ट्रिय महाभेला भोलीदेखि सुरू हुँदै

Image may contain: 10 people, including Jit Ram Lama, people smiling, people sitting, people standing and indoor

काठमाडौँ । गैह्र सरकारी संस्था महासंघको आयोजनामा भोलीदेखि काठमाडौँमा ११ औं मानवअधिकार राष्ट्रिय महाभेला सुरू हुँदैछ ।

महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस (डिसेम्वर १०) को अवसरमा काठमाडौं तथा देशका सम्पूर्ण जिल्ला र प्रदेश हरूमा विभिन्न कार्यक्रमहरूका साथ सप्ताहव्यापी महाभेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा गैह्रसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीले महाभेलाको भोली काठमाडौँमा विशेष समारोहगरी औपचारिक सुरूवात गरिने र देशका अन्य जिल्ला तथा प्रदेश स्तरमा समेत विभिन्न कार्यक्रमहरू गरिने जानकारी दिनुभयो ।

महासचिव सुवेदीले दिएको जानकारी अनुसार एक हप्ता सम्म चल्ने महाभेलाले मानव अधिकारको वर्तमान अवस्थाका वारेमा राष्ट्रव्यापि छलफल र अन्तरक्रिया गरी घोषणा पत्र जारी गर्नेछ ।

महाभेलामा मानवअधिकारका क्षेत्रमा कार्यरत २ सय भन्दा बढी संघ–संस्थाहरू तथा विभिन्न अन्तराष्ट्रिय नियोगका प्रतिनिधीहरू सहभागि हुने छन् ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी महाभेलाको साथसाथै मंसिर २४ गते अर्थात् डिसेम्वर १० का दिन प्रभातफेरी तथा सोही दिन दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा विशेष समारोहको आयोजना हुने गैह्र सरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button