उद्योग क्षेत्रको बिकासलाई सरकारको प्राथमिकतामा : मन्त्री भट्ट

धनगढी । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उद्योग क्षेत्रको बिकासलाई सरकारले प्राथमिकता दिएर अघि बढिरहेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीद्धरा आज पार्टी कार्यालय धनगढीमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री भट्टले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री भट्टले पार्टी एकिकरणको भावना अनुरुप एकताबद्ध भएर लाग्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले जनअपेक्षा अनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै सुख्खा बन्दरगहादेखि औद्यौगिक क्षेत्र स्थापनाको काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्