तपाईँ सुन्दै हुनुहुन्छः

नदीको बहाव कम भएसँगै मर्स्याङ्दीमा बिधुत उत्पादन क्षमता घट्यो

तनहुँ । मस्र्याङ्दी जलविद्युत केन्द्रको जलविद्युत उत्पादन क्षमतामा कमि आएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ६९ मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको यस आयोजनामा नदीको बहाव कम भएसँगै उत्पादन क्षमतामा ह्रास आएको हो ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले जाडो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र वर्षा पनि कम भएकोले उत्पादन घटेको केन्द्रले जनाएको छ । उत्पादन घटे विद्युतको खपतका लागि माग बढी हुने गरेकोले रातको समयमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याईएको छ ।

२३/२३ मेगावाट क्षमताको ३ वटा टरवाईबाट ६९ मेगावाट उत्पादन गरिने यस केन्द्रमा हाल पानीको बहाव घटेकाले दिउँसो दुईवटाबाट मात्रै उत्पादन गरिएको छ । पानीको बहाव घटेकाले दिउँसो दुईवटा टवाईबाट मात्रै उत्पादन गरिएको हो ।

हाल दिउँसो दुई टर्वाइनबाट ४६ मेगावाट र राती भने तीन वटै टर्वाइनबाट गरी ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रको इलेक्ट्रिकल हेल्पर सन्तोषकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो दुई मात्रै सञ्चालन गर्दा पानी बचत हुने र त्यसलाई राती प्रयोग गरी पूर्ण क्षमताको सञ्चालनमा ल्याईने गरिएको श्रेष्ठ बताउनुहुन्छ । चैत लागेपछि पूर्ण क्षमतामा ल्याउन सकिने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चैत पहिलो हप्ताबाट गर्मी बढ्ने हुँदा हिमाल धेरै पग्लिने हुँदा मस्र्याङ्दी नदीमा पानीको बहाव बढेकोले पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकिन्छ ।

कात्तिक महिनाको दोस्रो साताबाट बहाव कम भएकोले दिउँसो विद्युत् उत्पादन कम हुन थालेको हो । ‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव बढ्ने बित्तिकै विद्युत् उत्पादन क्षमतामा वृद्धि हुने केन्द्र प्रमुख राजेशकुमार पाण्डेले बताउनुभयो ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर शवस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ ।

आयोजनाका अनुसार असोज महिनासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन भएको थियो । गर्मी मौसममा वायुमण्डलको तापक्रम बढेर हिमाल धेरै पग्लिने हुँदा पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि हुने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button