तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशको यू २३ टिमसँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदामा शनिबार भएको खेलमा नेपाल स्वर्ण पदकको दाबेदार टोली बंगलादेशसँग ४४ रनले पराजित भएकाे हाे ।

पराजित भएसँगै नेपालको स्वर्ण सपना अधुरै रहेको छ ।

१५६ रनको लक्ष्य पछछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेलले ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३र३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २/२ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश यू—२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो । उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय खेले ।

६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

नेपालका पारस खड्काले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button