तपाईँ सुन्दै हुनुहुन्छः

८१ स्वर्ण पदकसहित भारत शीर्ष स्थानमा,नेपाल दोस्रो स्थानमा कायमै

काठमाडौँ (रासस) ।  तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।

२०७६ मङ्सिर २० गते शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले मङ्सिर २० गतेको गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
भारत ८१ ५९ २५ १६५
नेपाल ४१ २७ ४८ ११६
श्रीलङ्का २३ ४२ ६९ १३४
पाकिस्तान १९ २५ २९ ७३
बङ्गलादेश ४ १८ ५१ ७३
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ६ ६

प्रतिक्रिया राख्नुहोस्

Back to top button