तपाईँ सुन्दै हुनुहुन्छः

७९ स्वर्णसहित भारत शीर्ष स्थानमा

जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत भारत ७९ स्वर्ण ल्याई पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

भारतले हालसम्म ७९ स्वर्ण, ५८ रजत र २५ कास्यसहित प्रथम स्थानमा रहेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४६ कास्य पदकसहित दोस्रो स्थानमा छ ।

श्रीलङ्का २२ स्वर्ण, ३९ रजत र ६३ कास्यसहित तेस्रो स्थानमा रहेको छ । पाकिस्तान १८ स्वर्ण, २५ रजत र २८ कास्यसहित चौथो स्थानमा छ ।

बङ्गलादेश चार स्वर्ण, १६ रजत र ४९ कास्यसहित पाँचौँ स्थानमा कायमै छ माल्दिभ्स एक स्वर्ण र ३ कास्य जित्दै छैटौँ तथा भुटान ६ कास्यसहित पदक तालिकाको अन्तिममा रहेको छ ।

सागको पौडीमा गौरीका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।

सातदोबाटो स्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरीकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितीन । पौडीमा सागमा दुई स्वर्ण जित्ने नयाँ इतिहास बनाएकी छिन् । गोरीकाले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितिन् ।

उनले निर्धारित दुरी दुई मिनेट १७ दशमलव सात तीन सकेण्डमा पुरा गरिन । यसअघि गौरीकाले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी थिइन ।

साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । यो जितले नेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वा्धिक ३९ रन बनाए ।

यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

जवाफमा माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रन बनायो ।

यो जितसँगै नेपालको तीन खेलमा चार अंक भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । सो खेलले नेपालका लागि स्वर्णका लागि खेल्ने नखेल्ने भन्ने तय गराउनेछ ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही एक एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

सागमा एथ्लेटिक्समा नेपालले दुई स्वर्ण जितेको छ । जसमा १० हजार मिटरमा महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन । यस्तै पाँच हजार मिटरमा पुरुष तर्फ गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button